सेनाको सफा हिमाल अभियान टोली पुग्यो सगरमाथा आधार शिविर
९ वैशाख, काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान–२०२४ टोली सगरमाथा आधार शिविर पुगेको छ ।
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाईका लागि २ वैशाखमा काठमाडौंबाट स्याङ्ग्बोचे प्रस्थान गरेको टोली आइतबार सगमरमाथा आधार शिविर पुगेको हो …
काठमाडौँ। सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा/ल्होत्से हिमाल सफाइको लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोलुखुम्बुको सोमबार नाम्चे पुगेको छ । उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको सफाई कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय जनसमुदायसँग अन्तर्क्रिया गरि ७ दिनको पदयात्रा पश्चात सगरमाथा आधार शिविर पुग्ने योजना रहेको छ । पदयात्राको क्रममा स्थानीय बासिन्दाहरुमा […]
सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न चारवटा हिमाल सरसफाइका लागि नेपाली सेनाले तीनवटा टोलीलाई जिम्मेवारी दिएको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।