सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ ।
टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरस विरुद्वको दुइ हजार डोज खोप सहयोग स्वरुप प्रदान गर्न कार्यक्रम छ ।बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई पर्वतारोहणमा सफलताको शुभकामना दिनुभयो ।