काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ। प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो। पूर्व मन्त्री समेत रहेका नेता गुरुङ इमानदार र निष्ठावान नेताका रुपमा चिनिन्छन् । गुरुङ अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष भइसकेका पुराना नेता हुन्। […]