नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसमितिमा ७ जना निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश कार्यसमितिका लागि भूगोलतर्फ सदस्य पदका उम्मेदवार विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका छन् ।
मनाङ जिल्लाबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा प्रदेश कार्यसमितिमा निर्विरोध भएका छन् । मुस्ताङ, तनहुँ र पर्वतका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।
मुस्ताङबाट भूगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट, तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य, पर्वतकी मिनाकुमारी केसी समेत निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध नभ...