काठमाडौं । नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सो पक्षको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।सो पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको पनि जनाएको छ ।एमाले उपाध्यक्ष भी