सुरु भयो नयाँ आर्थिक वर्ष, अब कस्ता निकायले कति तिर्नु पर्छ कर ? (सूचीसहित)

आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष अर्थात २०७९/०८० सुरु भएको छ । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक ऐन र बजेटले गरेको ब्यबस्था बमोजिम आज साउन १ गतेदेखि करको नयाँ दरहरु लागु हुने छ ।  सोहि अनुसार आन्तरिक राजश्व विभागले  आर्थिक वर्ष २०७९÷८० मा निकायको लागि लागू हुने करको दर सार्वजनिक गरेको छ ।  जसअनुसार सामान्य व्यवसाय गर्ने निकायलाई २५ प्रतिशत दरले कर लाग्ने छ ।  यस्तै बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हरुतान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, वीँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायलाई ३० प्रतिशत दरले कर लाग्ने छ । यस्तै सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए ७.५  प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १० प्रतिशत र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएको भए १५ प्रतिशतका दरले कर लाग्ने छ ।यस्तै सार्वजनिक गुठी अन्र्तगत दर्ता भई सञ्चालित विद्यालय महाविद्यालयको करयोग्य आयमा २० प्रतिशत कार लाग्ने छ भने कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशतको दरले कर लाग्ने छ । कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा ५ प्रतिशत कर लाग्ने तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा २ प्रतिशत कर लाग्ने छ । त्यस्तै आय वर्ष २०७९/८० मा बिजनेश प्रोसेस आउटसोर्सिंग, सफ्टवेयर प्रोग्रमिंग, क्लाउड कम्प्युटिंग लगायतका सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने कारोबार गरि सो वापत विदेशी मुद्रा आर्जन गर्ने वासिन्दा व्यक्तिको हकमा १ प्रतिशत कर लाग्ने छ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

ग्लोबल आइएमई बैंक लिमिटेड वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष ०७९/८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको हो । हाल...

आजदेखि लागू हुँदैछन् ३ थरि नयाँ कर, के के हुँदैछन् महंगो ?

१ साउन, काठमाडौं । सोमबार नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन हुँदै छ । आर्थिक ऐन २०८० ले सोमबारदेखि तीनवटा नयाँ कर सुरु गरेको छ भने विद्यमान करका दरमा पनि धेरै नै फेरबदल गरेको छ । १ साउनदेखि बिलासिता शुल्क, वैदेशिक रोजगार सेवा शुल्क, वैदेशिक पर्यटन शुल्क कार्यान्वयनमा आउनेछन् […]

एलाइसी नेपालले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने निणर्य गरेको हो । कम्पनीको अघिल्लो आव २०७७/७८ को वासलात, सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरूमाथि छलफल गरी सोलाई स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशलमव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरिएको थियो ।

अब ४ महिनामा कर विवरण बुझाउनु पर्ने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले करदाताले अब चार महिनामा कर बुझाउने व्यवस्था गरिएको बताएका हुन्।...

सबैभन्दा बढी कर तिर्ने प्रभु क्यापिटल सम्मानित

काठमाडौं, १२ मंसिर । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ […]

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

आइएमई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

मोबाइलमा कर नबढाउन व्यवसायीहरुको लविङ

काठमाडौँ – मोबाइल आयातमा कर नबढाउन व्यवसायीहरुले आग्रह गरेका छन्। सरकारले आइतबार संसदमा पेश हुने आर्थिक वर्ष २०७९÷८० को बजेटमा मोबाइलमा कर बढाउने तयारी गरेको भन्दै व्यवसायीहरुले त्यसलाई रोक्न लविङ गरेका हुन्। हाल सरकारले मोबाइल आयात गर्दा २.५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटसहित गरी १५.८३ प्रतिशत कर लगाउँदै आएको छ। अहिलेकै अवस्थामा मोबाइलमा आयातमा […]

स्कुटर-मोटरसाइकलको कर बढ्यो, बागमति प्रदेशकाले अब कति तिर्नुपर्छ?

बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गर्दै प्रदेश सरकारले कर बढाएको हो।

सूर्तीजन्य वस्तुमा ७० प्रतिशत कर बढाउन सुझाव

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/८९ मा सूर्तीजन्य वस्तुमा ७० प्रतिशतसम्म कर बढाउन सुझाव दिइएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य वस्तुको खपत घटाउने गरी कर बढाउदा राजश्व संकलन बढ्ने सुझाव दिएको हो। हाल सूर्तिजन्य वस्तुमा जम्मा ३० प्रतिशत कर छ। ७० प्रतिशत कर बढाएमा आगामी आर्थिक वर्ष सूर्तीजन्य वस्तुबाट ८ देखि १२ अर्बसम्म राजश्व बढ्ने अनुमान गरिएको छ।

सूर्तीजन्य वस्तुमा ७० प्रतिशत कर बढाउन सुझाव

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/८९ मा सूर्तीजन्य वस्तुमा ७० प्रतिशतसम्म कर बढाउन सुझाव दिइएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य वस्तुको खपत घटाउने गरी कर बढाउदा राजश्व संकलन बढ्ने सुझाव दिएको हो। हाल सूर्तिजन्य वस्तुमा जम्मा ३० प्रतिशत कर छ। ७० प्रतिशत कर बढाएमा आगामी आर्थिक वर्ष सूर्तीजन्य वस्तुबाट ८ देखि १२ अर्बसम्म राजश्व बढ्ने अनुमान गरिएको छ।