कञ्चनपुर : भारतमा रोजगारीका लागि गएकाहरू कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणसँगै घर फर्किन थालेपछि कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार तीन साताको अवधिमै जिल्लामा कोरोना संक्रमितको संख्या ५३६ पुगेको छ। जसमध्ये महाकाली अस्पतालको आइसोलेसनमा ३८ जना र होम आइसोलेसनमा ४९८ जना उपचाररत छन्।आज मात्रै सबैभन्दा बढी १८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।भीमदत्त नपामा ६३ जना, दोधारा चाँदनी नपामा ८ जना, वेदकोट नपामा ५ जना, शुक्लाफाँटा नपामा १