कञ्चनपुर : दोधारा–चाँदनी नगरपालिका–९ की ८० वर्षीया वृद्धाको कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको छ।कोरोना संक्रमित भएर श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कञ्चनपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ।स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार सोमबार कञ्चनपुरमा १३ जना कोरोना संक्रमित थपिएका छन्।संक्रमण द