आन्दोलनरत न्यायाधीश इजलासमा फर्कन तयार

 प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् । सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ । बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल कोर्टबाट नियमावली संश...

सम्बन्धित सामग्री

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउने

नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिटउपर आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।  बुधबारदेखि सुरु भएको सुनुवाइ सो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित

पेसी तोक्न गोलाप्रथा लागू गरे इजलास फर्किन ५ न्यायाधीश सकारात्मक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाप्रति असन्तुष्टि जनाएर इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका १८ जना न्यायाधीशमध्ये ५ जना इजलासमा फर्कन सकारात्मक भएका छन्।प्रधानन्यायाधीश राणाले मुद्दाको पेसी गोलाप्रथाबाट तोक्न स्वीकार गरेको भन्दै उनीहरू यसरी तोकिने मुद्दाको सुनुवाइ गर्न तयार भएका हुन्।सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, मनोजकुमार शर्मा, कुमार रेग्मी र कुमार चुडाल गोलाप्रथा लागू भए प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्न नपर्ने तर्कसहित इजलास फर्

निकुञ्जभित्र जलविद्युत् आयोजना निर्माणको विषय पूर्ण इजलासमा

सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्जभित्र ठूला जलविद्युत् आयोजनाका लागि सरकारले तयार गरेको कार्यनीति संशोधनविरुद्ध सर्वोच्वमा परेको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ ।संशोधनविरुद्धको सो रिट निवेदनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले बृहत पूर्ण इजलासमा पठाउने आदेश जारी भएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।गत जेठ १३ गते एमाले अध्यक्ष […]

यी हुन् संवैधानिक इजलासमा परेका ४ न्यायाधीश

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। सुनुवाइका लागि प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहने ५ सदस्यीय संवैधानिक इजलासमा दिपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ परेका छन्। संविधानको धारा १३७ मा संवैधानिक इजलास गठनको व्यवस्था छ। न्यायपरिषद्को सिफारिसमा तयार पारिएको १३ जना न्यायाधीशको रोष्टरबाट प्रधानन्यायाधीसले ४ जना न्यायाधीश छानेका हुन्।

संवैधानिक इजलासमा को को न्यायाधीस पर्लान?

काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। संविधानको धारा १३७ मा संवैधानिक इजलास गठनको व्यवस्था छ।जसमा पाँच जना न्यायाधीश हुन्छन्। न्यायपरिषद्को सिफारिसमा तयार पारिएको १३ जना न्यायाधीशको रोष्टरबाट प्रधानन्यायाधीससहित ५ जना इजलासमा रहनेछन्। संवैधानिक इजलासको रोष्टरमा राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भर श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिल सिन्हा,प्रकाशसिंह राउत,सपना प्रधान मल्ल,तेजबहादुर केसी,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन्।

‘बाजे वकिल’ को माग पूरा गर्न प्रधान न्यायाधीश तयार !

काठमाडौं : पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठको बहस सकिएसँगै शुक्रवार संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर भण्डारी देखिए। श्रेष्ठले बोलिसकेपछि भण्डारी उठेर इजलासको ध्यानाकर्षण गराए। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिलको तमासा’ भनेर गरेको आलोचनाले पछिल्ला दिन चर्चामा रहेका भण्डारीले आफूले बोल्न पाउनुपर्ने माग गरे। भण्डारीसँगै अधिवक्ता रक्षा बस्याल र गोपाल पाण्डेले पनि…

महान्यायाधिवक्ता खरेलले इजलासमा पेश गरे प्रतिनिधि सभा विघटनको सूचना आएको राजपत्र

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशित भएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् ।  बिहीवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै अधिवक्ताले प्रश्न उठाएका थिए ।  शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ शुरू भएलगत्तै खरेलले राजपत्र बुझाएका हुन् । राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।  खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिन...