सर्वोच्च अदालतका न्यायाधीशहरु इजलासमा फर्किने भएका छन् । सर्वोच्च अदालत नियमावली संशोधन गर्नका लागि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकामाथि प्रश्न उठाउँदै ‘आन्दोलित’ न्यायाधीशहरु इजलास फर्किने माहोल तयार भएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना, हरि फुयाल र नहकुल सुवेदी सम्मिलित कार्यदलले मंगलबार गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार तयार गरेको हो। यो कार्यविधि अनुमोदनका लाग...