काबुलको बाहिरी भागमा रहेको एउटा घरमा अन्त्येष्टिको नमाजका लागि मानिसहरू भेला भएका छन् । त्यहाँ विमानस्थलबाट एक व्यक्तिको शव ल्याइएको छ ।
ती व्यक्ति विदेशी गठबन्धन सेनासँग मिलेर निर्माण कार्यमा खटिएका थिए ।
उनका आठ सन्तान छन् । ती सन्तानलाई पिताको के हविगत भयो र अब जिन्दगीमा के हुन्छ भन्ने थाहा छैन ।
सिटी सेन्टरमा सडकको किनार तथा अस्पतालको कोल्ड स्टोरेजमा राखिएका लाश सड्न थालेका छन् । परिवारका मानिसलाई प्रियजनको लाश पठाउन पाइएको छैन ।
को कता पुग्यो ? त्यसको आँकडा जुटाउने पनि कोही छैन । अस्पताल...