अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतवार तालिबानले अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेर आफ्नो कब्जामा लिएपछि हजारौं मानिसहरू त्रासका कारण देश छोड्न खोजिरहेका छन् ।
सोही क्रममा विमानस्थलमा हजारौंको भीड लागेको छ । प्रत्यक्षदर्शीका अनुसार रक्ताम्मे शवहरू भुइँमा लडेकाे वाल स्ट्रिट जर्नलले लेखेको छ ।
अमेरिकी सेनाले अहिले काबुल विमानस्थललाई सुरक्षा दिइरहेको छ । विमानस्थलमा रहेकाे प्रत्यक्षदर्शकीका अनुसार राति भीड तितरवितर पार्न सेनाले...