भित्र बैठक बाहिर तालाबन्दी, बैठकमा सहभागी सबै थुनिए

काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेको छ । सरकारी आवासमा मदिरा सेवन गरी बितण्डा मच्चाएको भन्दै ४ बुँदे माग राखेर तालाबन्दी गरेको हो । बैठक चलिरहेको बेला तालाबन्दी गरिदा कर्मचारी र जनप्रतिनिधिहरु भित्रै थुनिएको जनाइएको छ । नेकपाका कार्यकर्ताले तालाबन्दी गरेपछि नाराबाजी समेत गरेका थिए ।