निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालन

धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामी सहजरुपमा उपचार पाउन थालेका छन् । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेका हुन् ।

सम्बन्धित सामग्री

सर्पदंश उपचार केन्द्र स्थापना गर्छु : प्रधानमन्त्री दाहाल

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दुधौलीमा सर्पदंश उपचार केन्द्र स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार दुधौली नगर अस्पतालको उद्घाटन गर्दै प्रचण्डले दुधौलीमा नागरिकले हरेक वर्ष सर्पदंशबाट ज्यान गुमाउनु परेको नागरिक तथा दुधौली नगरपालिकाको मागको सम्बोधन गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन । प्रधानमन्त्री प्रचण्डले नवनिर्मित अस्पतालमा उपकरण र जनशक्ति […] The post सर्पदंश उपचार केन्द्र स्थापना गर्छु : प्रधानमन्त्री दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बर्दियाको ठाकुरबाबा नगरअस्पताललाई सर्पदंश उपचारको अनुमति

बर्दिया – स्वास्थ्य मन्त्रालयले बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको आधारभूत नगरअस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।  स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले ठाकुरबाबा नगरपालिकामा सञ्चालित आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो । विषालु सर्पको डसाइबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका ठाकुरबाबा नगरपालिकासहितका पालिकाका गाउँगाउँमा वर्षेनी धेरै जना घाइते हुने र अस्...

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेश सरकारको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ। उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ।

बेतना सिमसारमा सर्पदंश उपचार केन्द्र खोल्ने  शर्माको प्रतिवद्धता

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बेलबारीको बेतना सिमसारमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताए ।

बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए।

बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । “सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उनले भने, “समयमै उपचार नपाउँदा ज्य

सर्पले डस्दा महिलाको मृत्यु

घाईते भई उपचारको लागी सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएको थियो। उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक जेशी शाहले बताए।...

सेनाको सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै

परासी । नेपाली सेनाले सञ्चालन गरेको सामुदायीक सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै गएको छ । पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नेपाली सेनाको सर्पदंश केन्द्रमा नवलपरासीसहित भारतका सर्पले टोकेका बिरामीहरु पनि उपचारका लागि पुग्ने गरेका छन् । ६ शैयाको केन्द्रमा नसिंङ्ग अध्ययन गरी सर्पदंशको तालिम प्राप्त गरेका दुई जना सेनाका स्वास्थ्यकर्मीले सेवा दिँदै आएको गोरखदल गण […]

थाहा समाचार प्रभाव : कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति

झापा : सरकारले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ।  'सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुई जनाको मृत्यु' भन्ने शीर्षकमा थाहा खबरमा समाचार प्रकाशन भएलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो।  सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुईजनाको मृत्यु ...

सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुईजनाको मृत्यु

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ हुँदा स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ।सर्पदंशका बिरामीको उपचारका लागि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापनको कार्य पूरा गरिसकेको छ। तर, स्वास्थ्य विभागको अनुमति र व्यवस्थापन स्वीकृति आइनसकेकाले तत्काल उपचार सेवा सुरु गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए।यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको पहलमा गाउँप