बर्दिया – स्वास्थ्य मन्त्रालयले बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको आधारभूत नगरअस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले ठाकुरबाबा नगरपालिकामा सञ्चालित आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
विषालु सर्पको डसाइबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका ठाकुरबाबा नगरपालिकासहितका पालिकाका गाउँगाउँमा वर्षेनी धेरै जना घाइते हुने र अस्...