प्रधानमन्त्री देउवासँग महन्थ ठाकुरको भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेता महन्थ ठाकुर लगायतले भेटवार्ता गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता प्रक्रियामा लागेका अध्यक्ष ठाकुरसहित नेताहरूले सोमवार देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन अध्यक्ष ठाकुरलाई आग्रह गरेका स्रोतले जनाएको छ । भेटमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू शरतसिंह भण्डारी र उमाशंकर अर्गरिया सहभागी थिए । जसपामा हुँदा ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो ।

सम्बन्धित सामग्री

गठबन्धन छिटो टुंगो लगाउन लोसपाको माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी गराउने/नगराउने विषयमा जतिसक्दो छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेरै छिटो निर्णय दिन आग्रह गरेका हुन् ।

लोसपा सरकारमा सहभागी हुने विषय चर्चामै सीमित

सत्तारुढ गठबन्धनसँग नजिक हुन थालेको लोसपा नेपाल सरकारमा जाने चर्चा नचलेको होइन । पछिल्लो समय सरकारले लोसपाको समेत मुख्य माग रहँदै आएको नागरिकता विधेयक पारित गरेपछि फेरि त्यो चर्चा चुलिन थालेको छ ।गत जेठ २१ पार्टीको कार्यकारिणी समितिको बैठक बीचमै छाडेर लोसपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो भेटमा प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुन मधेसका माग पूरा गरेर बाटो खोलिदिनुपर्ने

लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिन देउवा तयार

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका थिए ।  देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन्। शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताएका थिए । देउवाले आइतबार

सरकारमा सहभागी हुन छलफल चलिरहेको छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरेको र छलफल चलिरहेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित...

सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ : महन्थ ठाकुर

धनुषा - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ । जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आफूहरुलाई आग्रह गर्नुभएको र त्यहीअनुसार पार्टीभित्र छलफल भइरहेको बताउनुभएको हो । उहाँले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकताको समस्या समाधान र आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ताको विषय समाधान हुनुपर्ने माग रहेको बताउनुभयो ।...

ओलीलाई ठाकुरको आग्रह : पार्टी विभाजनमा सहयोग चाहियो

जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्यक्ष ठाकुरले पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने भएकाले त्यसलाई चाँडै टुंगो लगाएर मात्र सहभागी हुने स्पष्ट पारेका छन् ।त्यसका लागि केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनेले मात्र पार्टीको आधिकारिकता पाउने राजनीत

जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल सुरु गरेका हुन् ।एकजना कार्यकारिणी सदस्यका अनुसार पार्टी सरकारमा जाने लगभग निश्चित भइसकेको र अहिले कतिवटा मन्त्रालय लिने, क–कसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भइरहेको छ । जसपा नेपाल (महन्थ ठाकुर पक्ष) संसदीय दल

एमसीसी सम्झौता : सभामुखले टेबल नगरेकोप्रति सर्वदलीय बैठकमा प्रधानमन्त्री रुष्ट

काठमाडौं । संसद्मा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पाेशन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको साथ खोज्नुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग शनिवार बालुवाटारमा सर्वदलीय बैठक गर्दै प्रधानमन्त्री ओलीले संसद्मा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले एमसीसी सम्झौता संसद्मा टेबल गर्न नदिई रोकेको भन्दै सभामुखप्रति आक्रोश पोख्नुभयो । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘एमसीसी पास गर्ने कि नगर्ने संसद्लाई अधिकार छ । तर, सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा सबै दलको साझा धारणा रह्यो ।’ केही दलले एमसीसी सम्झौताको आलोचना गरे पनि संसद्ले बिजनेश रोक्न नमिल्ने भन्दै एमाले नेतासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्‍याउनुपर्नेमा सबै सहमत भएको बताए । सरकारका कारण नभई संसद्को नेतृत्वका कारण महŒवपूर्ण विषय अड्किएको सरकारको दाबी छ । एसिड आक्रमण, कोेरोना खोपसम्बन्धी अध्यादेशलाई संविधानको प्रावधानविपरीत पहिलो दिन प्रवेश नै गर्न नदिइएको भन्दै उनले भने, ‘सरकारका कारण होइन, संसद्को नेतृत्वका कारण कतिपय बिजनेश अड्किएका छन्, यसबारे एउटा समझदारी होस् भन्ने चाहेका छौं ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरू सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेश लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए । उनले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसद्लाई बिजनेश दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बैठकपछि पत्रकारहरूलाई बताए । संसद्लाई बिजनेश नदिएकोमा, राष्ट्रिय सभाको अधिवेशन नबोलाएकोमा, संसद्लाई बिजनेशविहीन बनाएकोमा सरकारप्रति आपत्ति प्रकट गरिएको पौडेलको भनाइ थियो । उनले सत्तालाई भन्दा व्यवस्थालाई महत्त्व दिन प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफू सधैं तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने बताउनुभएको थियो । प्रधानमन्त्रीले पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्ति देखा परेको भन्दै लोकतान्त्रिक शक्तिहरूले त्यस क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसका नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालगायतको सहभागिता थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका माओवादीका नेताहरू भने बैठकबारे जानकारी नपाएको भन्दै गएनन् ।

राष्ट्रपतिलाई अध्यक्ष केसीको प्रश्न : संसद विघटन गर्नुअघि किन छलफल गर्नुभएन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्नुअघि सर्वदलीय बैठक किन नराखेको भनेर राष्ट्रपतिलाई प्रश्न गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा अध्यक्ष केसीले राष्ट्रपतिलाई सो प्रश्न सोध्नुभएको हो । बैठकमा केसीले सरकार प्रमुख र राष्ट्र प्रमुखबाटै सबैभन्दा धेरै गल्ती भएको बताउनुभएको थियो । राजनीतिक दलहरुका कारण अहिले प्राप्त उपलब्धिसमेत गुम्न लागेको भन्दै उहाँले चिन्ता जाहेर गर्नुभयो । केसीले अहिलेको अवस्था कसरी आयो भनेर जिम्मेवार नेताहरुले आफैँ विचार गर्नुपर्ने भन्दै सत्ता र विपक्षी दलका नेताहरुलाई सच्चिन आग्रह गर्नुभएको थियो । बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले भन्नुभयो, ‘राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी मैले भनेको छु । २०६२–६३ सालमा जुन उपलब्धि भयो, यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरि गुम्नेवाला छ । गणतन्त्रमा कालो बादल मडारिसकेको छ । यसको कारण राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही थियो भन्ने जिकीर गर्नुभएको थियो । उहाँले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको बताउनुभएको थियो । बैठकमा पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल लगायत सहभागी थिए । बैठकमा सहभागी भएका नेताहरुमध्ये प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने मौन रहेको बताइन्छ । राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लाग्नुभएको हो ।