सर्वोच्च अदालतले नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन भन्दै सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलवार उक्त आदेश जारी गरेको हो ।
टीकाबहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ भएको थियो ।
सर्वोच्चले सरकारबाट औषधिको सहज वितरणका सम्बन्धमा भएका कामकारवाहीहरूको विवरणको प्रतिवेदन लिएर माघ १७ गते महान्यायाधिवक्ताको कार्यालयलाई छलफलका लागि बोलाएको छ ।