अर्घाखाँची – अर्घाखाँचीका औषधि पसलमा सिटामोल लगायतका अत्यावश्यक औषधिकाे अभाव नरहेको देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको संयोजकत्वमा आज आइतवार सन्धिखर्क नगरपालिका र चुत्राबेसी बजारका औषधि पसलमा अनुगमन गर्दा औषधिको भण्डारण आवश्यक मात्रामा भण्डारण गरिएको देखिएको हो ।
देशभर सिटामोल लगायतका औषधिकाे कमी भएको भन्ने गुनासो बढेपछि मेडिकल, फार्मेसी तथा पोलिक्लिनिकमा अनुगमन गरिएको र अनुगमनमा औषधि सकिएको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सिटामोल लगायतका औषधिक...