११ माघ, काठमाडौं । ज्वरो आयो, सिटामोल ! टाउको दुख्यो ? सिटामोल ! कोरोना महामारीकालमा झन् सिटामोलको महत्व बढेको छ । ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहर चलिरहेका बेला नेपाली बजारमा सिटामोल अभाव देखिएको छ । नेपाल औषधि उत्पादक संघका अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की पारासिटामोलको माग हुने गरेको छ । […]