दोधारा चाँदनी : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए। दशैँतिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन्। चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका हुन्। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलो गरिरहेका वेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाने क्रम बढेको छ।‘चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरू भोट