कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिनुभयो । दशैं तिहार मनाउन गाउँ फर्किनुभएका उहाँ चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लाग्नुभएको हो । चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लाग्नुभएको हो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी …