जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका – १० बस्ने वर्ष ४५ की दिलकुमारी सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतको फैसला अनुसार सुनारले लेनदेन मुद्दामा ११ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी छ । उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।