जुम्ला : एक वर्षअघि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही जुम्ला आउँदा विकास माग्न राजधानी पुग्ने परिपार्टीको अन्त्य गर्ने बताएका थिए। त्यस अवसरमा उनले भनेका थिए, ‘विकास माग्न केन्द्र र प्रदेश धाउनुपर्ने हो भने संघीयता आएको के अर्थ? त्यसैले अब कोही पनि विकास माग्न आउनु पर्दैन। विकास माग्न राजधानीका होटलमा बस्ने, विकासको रकमले आफ्नो खर्च बेहोर्ने र गाउँमा हेर्दा विकास नहुने स्थितिको पूर्ण रुपमा अन्त्य हुनेछ।’तर, एक वर्ष नपुग्दै प्रदेश सरकारसँग विकास माग्न राजधानी जानेको लहर