नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमानदारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गठबन्धनमा इमानदारिता नदेखिएको बताएका हुन् ।उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमानदारिता देखाउन नसकेको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उनले बताए ।उनले भने,– ‘चुनावी मत परिणाम