काठमाडौं : नेकपा (एमाले)मा कचल्टिएको विवाद वार कि पार लगाउने पक्षमा दुवै पक्षका नेताहरु पुगेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्रको विवाद वारपार लगाउने मनस्थितिमा पुगेका हुन्। फागुन २३ गते साविक नेकपाको एकता भंग भएपछि सुरु भएको नेकपा एमालेभित्रको रडाको अझै साम्य हुने छाँट छैन। एकपछि अर्को गर्दै दुवै समूहले एकले अर्कोलाई गलाएर अघि बढ्ने रणनीति लिएकाले एमाले विवाद थप कचल्टिएको हो। यसअघि नै ओलीले पार्टीभित्रको विवाद लामो समय भइसकेकाले तत्कालै टुंगोम