शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षकाे उमेरमा निधन

शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।  एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उहाँको परिवारले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रम...

सम्बन्धित सामग्री

शिक्षा विद्येयकमा सहमति खोज्न शिक्षाविद् डा. विद्यानाथ कोइरालाका यस्ता छन् सुझाव

काठमाडौं, २७ साउन ।  शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अझैपनि प्रस्तावित विद्येयकलाई सर्वसम्मत् बनाउन सकिने सुझाए । त्यसको लागि पहिलो काम संविधानविद्, स्थानीय सरकारको बारेमा जानकार, स्थानीय जनप्रतिनिधिबीच सम्वाद हुनुपर्ने उनको सुझाव थियो । उनले भने,‘त्यो सम्वादमार्फत अनुुसुचि ८ वा ९ अन्तर्गत काम लगाएको हो ? भनेर टुँगो लगाऔं । त्यसले एउटा बाटो दिन्छ । कसको […]

शिक्षाविद् गौतमको आत्मकथा लोकार्पण

शिक्षाविद् रमेशप्रसाद गौतमको आत्मकथा ‘मेरो अतीत मेरो अनुभव’ पुस्तक लोकार्पण गरिएको छ । ९५ शीर्षकमा विभाजित सो पुस्तकमा लेखकले परोपकार मावि, पद्मोदय मावि, दरबार हाई स्कुल, महेन्द्ररत्न क्याम्पस, काठमाडौं शिक्षा क्याम्पसलगायतका...

लाखौं विद्यार्थीले एसईईमा ३५ नम्बर पनि ल्याउन सकेनन्: शिक्षाविद्

काठमाडौं, १२ साउन । शिक्षाविद् विद्यानाथ कोइरालाले सिकाइ उपलब्धिमा सुधारका लागि सरकारी ‘नीति’भन्दा पनि ‘नियत’ परिवर्तन गर्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिक्षाविद् कोइरालाले भने, “सरकारले कोरोना महामारीका कारण शिक्षक र विद्यार्थीले दुई महिनाभन्दा बढी पढ्न र पढाउन नपाएकाले एसईईमा कमजोर भएको बताएको […]

शिक्षामन्त्रीको समय उद्घाटन र समापनमै सकिन्छः शिक्षाविद् कोइराला

काठमाडौं, २५ चैत । शिक्षाविद् विद्यानाथ कोइरालाले सार्वजनिक शिक्षाको गुणस्तर झनै ओरालो लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोइरालाले भने, “शिक्षामा भद्रगोल छ । कोरोनाका बेला सरकारले शिक्षकलाई तलब दिन सक्यो तर पढाउनैपर्छ भन्न सकेन । विगत चार वर्षमा ७२९ स्कुल बन्द भए […]

शिक्षक महासंघले भोटको राजनीति गर्यो : शिक्षाविद् कोइराला

शिक्षक महासंघले भोटको राजनीति गरेको शिक्षाविद् डा.विद्यानाथ कोइरालाले आरोप लगाएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षक महासंघले शिक्षकलाई संघिय सरकार अन्तर्गत राख्नुपर्छ भन्नु नै भोटको राजनीति रहेको बताए । त्यस्तै उनले सर्वहारालाई निःशुल्क शिक्षा र अनिवार्य शिक्षाका लागि स्थानीय निकायले घर–घरबाट केटाकेटी विद्यालय गए वा नगएको हेर्नुपर्ने बताएका छन् । सरकारले सामुदायिक विद्य

शिक्षाको लगानी धानको ब्याड बनाउनु जस्तै हो : शिक्षाविद् कोइराला

शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसरी ब्याडको बीउबाट धेरै धान उत्पादन गर्ने लक्ष्य हुन्छ, शिक्षाको लक्ष्यमा पनि उस्तै हुनुपर्ने बताए । उनले बाल शिक्षाको महत्वको बारेमा पनि प्रष्ट पार्दै बालमैत्री कक्षाकोठा, शिक्षिकालाई उचित लगायतका विषयमा योजना आयोगले ध्यान नदिएको पनि उल्लेख गरे । त्

शिक्षाविद् राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा

काठमाडौँ– शिक्षाविद् एंव पूर्व सभासद स्व.लक्ष्मण राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको् छ । बिहीबार परेको अर्धवार्षिकीको दिन पारेर बालाजु बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । १९९२ सालमा काठमाडौँको वटुमा जन्मिएका राजवंशीको गत बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । २०७० संविधान सभाको सभासदसमेत […]

शिक्षाविद् लक्ष्मण राजवंशीको निधन

काठमाण्डाै - संविधान सभाका पूर्व सदस्य एवम् शिक्षाविद् लक्ष्मण राजवंशीको निधन भएको छ। काठमाण्डौ थापाथलीको नर्भिक अस्पतालमा उपचारत उहाँको आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ। बालाजुको सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक समेत रहनु भएका साहित्यकार राजवंशी दुई हप्ताअघि आफ्नै घरको भर्‍याङबाट लडेर घाइते हुनु भएको थियो। त्यसपछि उहाँको भेन्टिलेटरमा अचेत अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। उहाँ नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोश्रो संविधानसभाको सदस्य हुनुहुन्थ्यो । आज दिउँसो नै उहाँको...