शिक्षाविद् लक्ष्मण राजवंशीको निधन

काठमाण्डाै - संविधान सभाका पूर्व सदस्य एवम् शिक्षाविद् लक्ष्मण राजवंशीको निधन भएको छ। काठमाण्डौ थापाथलीको नर्भिक अस्पतालमा उपचारत उहाँको आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ। बालाजुको सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक समेत रहनु भएका साहित्यकार राजवंशी दुई हप्ताअघि आफ्नै घरको भर्‍याङबाट लडेर घाइते हुनु भएको थियो। त्यसपछि उहाँको भेन्टिलेटरमा अचेत अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। उहाँ नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोश्रो संविधानसभाको सदस्य हुनुहुन्थ्यो । आज दिउँसो नै उहाँको...

सम्बन्धित सामग्री

साहित्यकार लक्ष्मण राजवंशीको सालिक अनावरण

काठमाडौँ – वरिष्ठ शिक्षाविद्, साहित्यकार तथा संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको आइतबार सालिक अनावरण गरिएको छ ।  सिद्धार्थ बनस्थली स्कुलमा आइतबार उनको सालिक अनावरण गरिएको हो । उनले सिद्धार्थ बनस्थली माध्यामिक स्कुलमा लामो समय संस्थापक प्राचार्यको रुपमा काम गरेका थिए । उनका नेपाली, अग्रेजी र नेवारी भाषामा ३४ वटा पुस्तक प्रकाशित भएका छन्। उनको निधन २०७८ […]