शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसरी ब्याडको बीउबाट धेरै धान उत्पादन गर्ने लक्ष्य हुन्छ, शिक्षाको लक्ष्यमा पनि उस्तै हुनुपर्ने बताए । उनले बाल शिक्षाको महत्वको बारेमा पनि प्रष्ट पार्दै बालमैत्री कक्षाकोठा, शिक्षिकालाई उचित लगायतका विषयमा योजना आयोगले ध्यान नदिएको पनि उल्लेख गरे । त्