धनगढी । ललितपुरको थ्रीस्टार क्लब धनगढीमा जारी छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लेवनानी गोलरक्षक मोहम्मद ताहले टाइब्रेकरमा दुई पेनाल्टी बचाएपछि थ्रीस्टारको फाइनल यात्रा संभव भयो । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ लाई १० खेलाडीमा सीमित थ्रीस्टारले पराजित गरेको हो । योसँगै टोलीले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी […]