काठमाडौं : कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पाैने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थि