१३ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइनल पेरिसमा हुने भएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेपछि बढेको तनावसँगै यूईएफएले च्याम्पियन्स लिगको फाइनल रुसको सेन्ट पिटरबर्गको साटो फ्रान्सको पेरिसमा खेलाउने निर्णय गरेको हो । च्याम्पियन्स लिगको फाइनल मे २८ मा हुनेछ ।