कञ्चनपुर : बेदकोट नगरपालिका-२ स्थित दैजी छेला औद्योगिक क्षेत्रको कार्य अगाडी बढाइने भएको छ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा आगामी दुई वर्षभित्रै औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। विगतमा बजेट सुनिश्चितता नहुँदा औद्योगिक क्षेत्रको कार्यले गति लिन सकेको थिएन।
वि.सं. २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलालाई औद्योगिक क्षेत्रका रूपमा प्रस्तावित गरिएको थियो। औद्योगिक क्षेत्र प्रस्तावित गरिएपछि उद्योग वाणिज्य संघका पदाधिकारी...