नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा के विषयमा हुदैछ छलफल ?

२५ भदौ, काठमडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आगामी मंगलबार नयाँ दिल्लीमा बस्ने भएको छ । बैठकमा सहभागी हुन भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल दिल्ली जाने तय भएको छ । शुक्रबार दुवै देशका परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव पौड्यालको भारत भ्रमणका विषयमा जानकारी सर्वाजनिक गरेका छन् । ‘भारतीय विदेश सचिव क्वात्राको मैत्रीपूर्ण […]

सम्बन्धित सामग्री

नेपाल-भारत सीमा बैठक : झुलाघाट पुल बेलुकी ७ बजेसम्म खोल्ने सहमति

बैतडी : नेपाल-भारत सीमा समन्वय बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ।बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कता, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायत विषयमा पनि बैठकमा छलफल भएको छ। भारतमा यही अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि सीमानाका बन्द गर

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा अर्थसचिव पुष्करसँग छलफल

काठमाडौँ । नेपाल-भारत उद्योग वाणिज्य सङ्घको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।  भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई […]

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ ।  शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको उल्लेख गर्दै  नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्

नेपाल–भारत व्यापार सहजीकरणको विषयमा छलफल

विराटनगर । मोरङ व्यापार संघले पटना, भारतका कस्टम्स कमिशनर पीके कट्यारसहित जोगबनी आएका भारतका भन्सार अधिकारीहरूसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयमा छलफल गरेको छ । पटनाका कस्टम्स कमिशनरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सिसिएफसी)को सदस्यको रूपमा रहेको मोरङ व्यापार संघले सोमवार आइसिपी, जोगबनीमा आयोजित सिसिएफसी बैठकमा भाग लिँदै कमिशनर कट्यारसमक्ष संघको तर्फबाट राय सुझाव प्रस्तुत गरेको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संघको टोली बैठकमा सहभागी भई कमिशनर कट्यारलाई मोरङ–सुनसरी आर्थिक कोरिडरलाई भारतले विशेष सहजीकरण गर्नुपर्नेमा जोड दिएको छ । नेपाल–भारत व्यापार, परिवहन र विभिन्न विषय वस्तु समेटेर संघले सुझाव प्रस्तुत गरेको छ । संघले प्रस्तुत गरेको उक्त सुझावमा विशेषगरी जोगबनी र विराटनगरका आइसिपीहरूमा निर्मित रेल्वे यार्ड तत्कालै सञ्चालनमा ल्याइनुपर्ने, रेलेवे ट्र्याकमार्फत नेपालका लागि जोगबनी स्टेशन आउने मालवस्तु हाललाई विराटनगर भन्सार कार्यालयबाटै जाँचपास गराउने व्यवस्था गरिनुपर्ने लगायत माग छन् । त्यसैगरी बमोजिम बथनाहमा निर्माणाधीन मिरगञ्ज पुलको वैकल्पिक पुलको निर्माण तत्कालै सम्पन्न गरी शीघ्ररूपमा सञ्चालनमा ल्याउनुपर्ने, भन्सार जाँचपासका पूर्वाधार थपेर व्यवस्थित गरिनुपर्ने, नेपाली कृषि उपजको निर्यातमा सहजीकरण हुनेगरी पूर्वाधार निर्माण गरिनुपर्ने विषय उल्लेख गरिएको छ । साथै भारतको दालखोलास्थित रेल्वे जक्सन पार गर्न मालवाहक सवारीसाधनका लागि फ्लाईओभर निर्माण गर्नुपर्ने, जोगबनीमा अध्यागमन सुविधा उपलब्ध गराउनुपर्ने, जोगबनी स्टेशनको सौन्दर्य बढाउँदै भारतका विभिन्न शहर पुग्ने रेल थप गर्नुपर्ने लगायत सुझाव प्रस्तुत गरिएको छ ।

बैंगलोरमा नेपाल–भारत सुरक्षा बैठक

काठमाडौँ । नेपाल र भारतबीचको सुरक्षा बैठक भारतको बैंगलोरमा हुने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको टोली बुधबार बैंगलोर जाने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। बैठकको नेतृत्व दुवै मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवले गर्नेछन् । नेपाल सरकार र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा छलफल गर्न सन् २००३ मा ‘नेपाल–भारत द्धिपक्षीय परामर्श समूह’ गठन भएको […]

इन्टरमोडल ट्रान्सपोर्ट बोर्डसँग नेपाल–भारत चेम्बरको छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघले आइतवार नेपाल इन्टरमोडल ट्रान्सपोट डेभलपमेण्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलसंग छलफल गरेको छ । संघ सचिवालयमा नेपालमा इन्टरमोडल ट्रान्सपोटको क्षेत्रको वर्तमान अवस्था, यस्को विकासलगायत विषयमा छलफल...

नेपाल–भारत मन्त्रीस्तरीय बैठक दिल्लीमा सम्पन्न, सीमाको विषयमा के भयो कुराकानी ?

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दिल्लीमा सम्पन्न भएको छ । बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।  सीमा, कनेक्टिभिटी, ऊर्जा, व्यापार लगायत दर्जन बढी एजेण्डामा छलफल भएपनि कालापानी क्षेत्रको विषयमा भने कुनै सहमति भएको छैन । नेपाली भूमि भारतले मिचेर नयाँ नक्सा जारी गरेपछि विवाद फेरि सहतमा आएको थियो ।  भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा प्रकाशि...