अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

२३ पुस, काठमाडौं । आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन […]

सम्बन्धित सामग्री

अन्तर बैंक एटीएम कारोबार एक महीनामा दुई पटक निःशुल्क

भदौ ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा दुई पटकसम्म निःशुल्क गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दैं राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग एक महीनामा दुई पटकसम्म निःशुल्क गर्न निर्देशन दिएको हो । ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई ओटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ । दुईभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रूपैयाँसम्म शुल्क लिन सक्ने बताइएको छ ।  यसअघि बैंकहरुले एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा मनपरी शुल्क लिने गरेका थिए । कोरोना महामारी फैलिएपछि राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग केही महीना निःशुल्क पनि गरेको थियो ।

अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। कोरोना महामारीका कारण अन्तर बैंक एटीएम सेवा नि:शुल्क बनाइएको थियो।