अन्तर बैंक एटीएम कारोबार एक महीनामा दुई पटक निःशुल्क

भदौ ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा दुई पटकसम्म निःशुल्क गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दैं राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग एक महीनामा दुई पटकसम्म निःशुल्क गर्न निर्देशन दिएको हो । ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई ओटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ । दुईभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रूपैयाँसम्म शुल्क लिन सक्ने बताइएको छ ।  यसअघि बैंकहरुले एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा मनपरी शुल्क लिने गरेका थिए । कोरोना महामारी फैलिएपछि राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग केही महीना निःशुल्क पनि गरेको थियो ।

सम्बन्धित सामग्री

महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिदै ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । महिलाहरूले निःशुल्क क्रेडिट कार्डका लागि भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन अनलाइनबाट दिन सकिने छ । यहाँ क्लिक गरी निःशुल्क क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिन सकिने छ ।  ग्लोबल आईएमई बैंक नेपालको ठूलो मध्येको एक बैंक हो । बैंकले आफ्नो सेवा देशैभर विस्तार गरेको छ...

सिटिजन्स बैंक धनगढी शाखाको निःशुल्क स्वास्थ्य शिविर

सिटिजन्स बैंक इन्टरनेसनलले धनगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैशाख ७ गते बैंकको वार्षिकोत्सवलाई लक्षित गरी सो शिविरको आयोजना गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले गौरीगङ्गा नगरपालिका–५ अण्डैयामा आयोजित शिविरमा करीब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ । शिविरमा अत्तरिया अस्पतालका […]

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले बेनी नगरपालिकाभित्रका विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।...

खल्तीको निःशुल्क बैंक ट्रान्सफर सुविधा

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ ।‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा पैसा पठाउँदा अबदेखि शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा भएको कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र […]

‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क

खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।  ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। यो अफर चैत्र ७ गते देखि नयाँ वर्षको बैशाख ६ गते सम्म लागु हुने  खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए ।

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो महिना अर्थात जनवरीभरि पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको हो ।  पे वेलबाट नेपालका १५ भन्दा बढी बैंकमा रकम ट्रान्सफर गर्न सकिन्छ । पे वेल नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्था हो ।  यसबाट घरमै बसेर मोबाइलको रिचार्ज, टेलिफोनको बिल, इन्टरनेटको...

इसेवाबाट निःशुल्क बैंक किस्ता रकम तिर्न सकिने

काठमाडौं। इसेवाले निःशुल्क रुपमा बैंक तथा वित्तिय संस्थाको किस्ता रकम निःशुल्क तिर्न सकिने सुविधा ल्याएको छ। कम्पनीका अनुसार यो सुविधा असार २२ गतेदेखि असार ३१ गतेसम्म लागू हुनेछ। यो समयभित्र कुनै पनि बैंक तथा वित्तिय संस्थाको रकम पठाउँदा कुनै किसिमको शूल्क लाग्ने छैन।

बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा दिने उपमहानगरपालिकाको घोषणा

बुटवल। बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन र घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको टोलीले अक्सिजनसहित सेवा उपलब्ध गराउन अक्सिजन बैंक स्थापना गरिएको हो। अक्सिजन बैंकको आज उपमहानगरपालिका परिसरमा नगर प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे। रासस

बुटवलमा अक्सिजन बैंक स्थापनाः निःशुल्क सेवा

बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका सङ्क्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा शुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट

वीरगन्जमा निःशुल्क अक्सिजन बैंक

कृष्णउदास खनाल, वीरगन्ज कोभिड–१९ का कारण अप्ठेरोमा परेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन बैंक स्थापना भएको छ । वीरगन्ज महानगरपालिका र सम्पूर्ण लायन्स क्लब अफ वीरगन्ज, जितपुर सिमरा, कलैया र गन्जभवानीपसरको साझेदारीमा वीरगन्जमा बुधबारबाट निःशुल्क अक्सिजन वितरण गरिन थालिएको हो । वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा बसोबास गर्ने नागरिकको जीवन […]