काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मुड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गर्नुभएको छ ।
आज आइतवार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडक खण्डअन्तर्गतको मुड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गर्नुभएको हो । शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले याे सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउ...