नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्येको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकोत्सव मनाएको छ। प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो। त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरूसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ।