काठमाडौं । विज्ञापन एजेन्सी प्रिज्माले आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ । सन् १९९१ अक्टुबर १ मा स्थापना भएको प्रिज्माले २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित भएको थियो ।प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एन्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड ‘बेल रिङगर २०००’ समेत जितेको छ ।प्रिज्मा एड्भर्टाइजिङका सीईओ रञ्जित आचार्यले स्थापनाकालको ३० वर्षसम्म आइपुग्दा विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरू तथा सम्पूर्ण प्रिज