नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन रावलले सांसद पदबाट राजीनामा दिएका हुन् ।
राजीनामाको घोषणा गर्न लाग्दा नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न खोजेका थिए ।
'तर, प्लिज, प्लिज मलाई नगर्नुस्,' भन्दै रावलले आफूले राजीनामा दिएको घोषणा मिडियासामु गरेका थिए ।
रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका थिए ।
नेपाल पक्षले प्रधानमन्त्री द...