यसरी पाल्न सकिन्छ एकै खोरमा बाख्रा र कुखुरा, जापानको सीप चितवनमा प्रयोग गर्दै सुचन

फागुन १०, काठमाडौं। सामान्यतया नेपाली पशुपालन क्षेत्रमा बाख्रा र कुखुरासँगै राखेर पाल्न हुन्न भन्ने मान्यता रहेको छ । कुखुराबाट आउने ग्यासले बाख्रालाई असर गर्ने र बाख्रको ग्यासले कुखुरालाई असर गर्ने भएकाले सँगै राख्दा बाख्रा र कुखुरा दुबै रोगी हुन्छन् भन्ने विश्वास छ । तर २८ वर्षिय सुचन राईले नेपालमै पहिलो पटक हाईटेक फाम प्रविधिबाट बाख्रा र कुखुरालाई सँगै राखेर पशुपालन शुरु गरेका छन् ।  उनले निर्माण गरेको हाईटेक फाममा कुखुराको र बाख्राको ग्यास एक अर्काको खोरमा सिधै प्रवेश गर्न सक्दैन । उनले एक वर्ष अघिदेखि चितवनको भरतपुरमा ' मदर फाम ' खोलेर एकै ठाउँमा बाख्रा र कुखुरा पालन गरिरहेका छन् ।   राई सन् २०१३ मा पढाईको सिलिसलामा जापान गएका थिए । ५ वर्षको अवधिमा उनले जापानमा धेरै कुरा सिके । जापानमा रहदाँ त्याँहाको काम गर्ने शैली, समय व्यवस्थापन र वैज्ञानिक प्रविधिबाट व्यावसाय गर्न सिकेका थिए ।  जापान बस्दा त्यहाँबाट हाईटेक फार्मिङ सम्बन्धि विभिन्न सिप र ज्ञान सिकेर उनी सन्  २०१८ मा नेपाल फर्केका थिए । नेपालमा पनि हाईटेक प्रविधिबाट पशुपालन सम्भव छ भन्ने मानसिकताले उनले परिवारको सहयोगमा २०२० मा मदर फामको शुरुवात गरेका थिए । उनले २२ लाख रुपैयाँ लगानीमा शुरु गरिएको फाममा एउटै खोरमा तल बाख्रा र माथी कुखुरा पालन गर्दै आएका छन् । अहिले उक्त फाममा ४० ओटा माउ बाख्रा, १८ ‌ओटा खसी,  तीन ओटा बोका र ८०० कुखुरा रहेका छन् ।  फाममा खरी प्रजातिका बाख्रा र लोकल जातका कुखुरा छन् । उनले ८०० कुखुराले अण्डा दिने र बजारमा अण्डा पनि सप्लाई गर्ने गरेका छन् ।  राईले फामसँगै चल्ला पनि आफैं उत्पादन गर्ने गरेको बताए । उनले भने, 'बजारमा सँधै एउटै गतिमा आण्डा विक्री हुँदैन, विक्री नभएका अण्डाहरूलाई यहीं ह्याच गरेर चल्ला पनि बेच्ने गरेको छु ।’  उनले अहिले  एउटा चल्लाको ६० रुपैयाँ, अण्डा प्रतिक्रेट ५०० रुपैयाँ, खसी प्रतिकिलो ज्यूँदो ६५० रुपैयाँ, भाले कुखुरा प्रतिकिलो ७०० रुपैयाँ र पोथी कुखुरा प्रतिकिलो ६०० रुपैयाँका दरले विक्री गर्ने गरेको आर्थिक अभियानलाई बताए । उनले हुर्काएका लोकल कुखुरा पाचँ महीनामा र खसी नौ महीनामा बेच्न योग्य हुन्छन् । उनले जापानमा हुदाँ नै यो व्यवसायमा लाग्ने सोच बनाईसकेका थिए । पछि नेपाल फर्केर २ वर्ष जति याहाँको बजार, पशुपालनको लागि कस्तो वातावरण उचित हुने लगायतका कुरा अनलाईन मार्फत अध्ययन गरेका थिए । नेपालमै केही गर्ने सोच बनाएका राईले अहिले पशुपालनबाट मात्रै मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनले आफ्नै बाली लगाउने खेतमा फाम खोलेको बताए । उनी भन्छन् 'ठूलो मात्रामा जमिन छ भने कृषि बालीले पनि राम्रै उत्पादन दिन्छ । तर थोरै जमीनमा मकै, धान लगाएर त्यसमा मल, जल ‌औषधि गरेर बेच्दा त नाफा नै हुँदैन । त्यसैले मैले फाम खोले ।’ ‘मैले खेतमा ‘सुपर नेपियर’ जातको घाँस पनि लगाएको छु’, उनले भने, ‘सुपर नेपियर घाँसमा प्रसस्त मात्रामा प्रोटिन पाईने हुनाले बाख्राको विकासमा यसले धेरै राम्रो गर्छ । उनले घाँसको बिउ पनि बेच्ने गरेको बताए । उनका अनुसार सुपर नेपियर घाँस छिटो बढ्ने हुनाले अहिले यो घाँसको माग अत्याधिक रहेको छ । राईले अहिले उक्त फाममा एक जाना कामदार राखेका छन् । खालि समयमा परिवारका सदस्यले पनि सहयोग गर्ने गरेको उनले बताए । इभेन्ट म्यानेजमेन्टको काम पनि गर्ने राईले लकडाउनमा ईभेन्टको काम ठप्प भएपछि घरमा भएका बाख्रा र कुखुरालाई नै नयाँ प्रविधिबाट व्यवसाय बनाएका थिए ।राईले फाम र त्यभित्रका सबै बाख्रा र कुखुराको बीमा गरेका छन् । हाल चितवनभित्र सबै साना ठूला सहरमा कुखुरा र खसी विक्री गरिरहेको राईले बताए । अब भावी दिनहरुमा चितवन मात्रै नभएर बाहिरी जिल्लाहरुमा पनि पठाउने उनको योजना छ । उनले आफ्नो छरछिमेकमा पनि यो प्रविधिबाट गरिने पशुपालनका बारेमा ज्ञान दिईरहेका छन् ।  उनको गाँउमा नै चल्लाहरु धेरै विक्री भएको राईले बताए । राई भन्छन्, 'हामीलाई व्यावसाय गर्नलाई त्यति ठूलो मार्केट चिन्न पर्दैन रहेछ, व्यावसाय गरिसकेपछि सानै एरियाको माग धान्न सकियो भने पनि त्यसबाटै फाईदा हुन्छ ।'  बोईलर कुखुराको तुलनामा लोकल कुखुरा पाल्न सजिलो हुने र त्यसको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले लोकल कुखुरामा घाटा कम हुने राईको अनुभव छ । फाममा ह्याच मेसिन राखेका राईले आगामी दिनमा दाना बनाउने मेसिन पनि ल्याउने योजना बनाएका छन् । राईले भने,  'दाना आफैले उत्पादन गर्न सके अहिले किनेको दानामा ३० प्रतिशत पैसा बचत हुन्छ । उनी भन्छन्, ‘हामीले यहाँ चाहेको कुरा फलाउन सक्छौं तर आफूसँग भएको आईडियालाई राम्रो ठाउँमा सदुपयोग गर्नुपर्छ ।’  मार्केट बुझेर व्यावसाय गर्न सकियो भने विदेश जानै पर्दैन । त्यहाँ गए पनि दु : ख नै गर्ने हो, यहाँ गरे पनि दु : ख नै गर्ने हो । हामीले कामलाई सानो र ठूलो भन्ने सोचाईलाई बद्ल्नु आवश्यक छ । (लेखक- प्रतिक्षा कडेल/ तस्वीर सौजन्य : मदर फाम)

सम्बन्धित सामग्री

कुखुरा र बाख्रा फार्ममा आगलागी

बुधबार बिहान करिब साढे दुई बजे बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीमा रहेको कुखुरा र बाख्रा फार्ममा आगलागी भएको छ ।

आगलागीमा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट

चापाकोट नगरपालिका ५ सिमामा आगलागी हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट भएको छ । स्थानीय ५२ वर्षीय सोमबहादुर आलेको गोठमा आगलागी हुँदा बाख्रा र कुखुर जलेर दुई लाख ५० हजार बराबरको क्षति पुगेको हो ।

चितवनको कालिकामा खोला फर्काएर बस्ती जोगाउने प्रयास

६ साउन, चितवन । चितवनको कालिका नगरपालिका– ३ की सीता लामाले यसबर्षदेखि घरमा कुखुरा, बाख्रा र बंगुर पाल्न छाडिन् । कारण अरू केही होइन, बर्षेनी बुङ्खोला बढेर आउँदा पाएको हैरानी र सास्ती । बुङ्खोला बढेर आएको बाढीले कम्मर कम्मरसम्म डुवान हुन्छ । आफू त जसो तसो सुरक्षित ठाउँमा जाउला ती कुखुरा, बाख्रा र बंगुरलाई लिएर […]

तनहुँमा बाख्रा फर्ममा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरकाे क्षति

तनहुँ - तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेकाे कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजाे बिहीवार दिउँसो आगलागी भएकाे हाे । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मकाे ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएकाे छ ।  वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पा...

धनकुटाका युवाको आकर्षण बाख्रा पालन व्यवसायमा

साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।  कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् । बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् । कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् । चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए । ६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।  कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।  ‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’ कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् । कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’ कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

छोरो विदेशबाट फर्किएपछि घरमै व्यवसायमा लगाउँछौँ(भिडियाे कथा)

ललितादेवी राय यादव र अम्ना खातुनका छोरा विदेशमा छन् । छोरो विदेश गएपछि उनीहरू गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसे । कक्षामा बस्न थालेपछि परदेशको दुःख र स्वदेशमा गर्न सकिने आम्दानीको बाटोहरू उनीहरूले बुझे । त्यसपछि आफ्नो परदेशी छोराका लागि भनेर उनीहरूले घरमै कुखुरा, बाख्रा, भैँसी, हाँस पालेका छन् । अब छोराहरू विदेशबाट फर्किएपछि यही काममा लगाउने उनीहरूको योजना छ ।

डेढ करोड बढी लगानीमा कृषि फार्म खोलेका सोम भन्छन्ः ऋण थपेर पनि टिकाउँछु

फार्मबाट वरिपरि घना जंगल देखिन्छ। लप्सीको घारी छ। पशुपंक्षी पाठशाला छ जहाँ हाँस, कुखुरा, टर्की, लुइँचे, बट्टाइ, कुखुरा लगायत छन्। गाई, भैंसी, खसी, खरायो, बाख्रा, भेडा पालिएको छ भने केही जमिनमा धान, तरकारी खेती हुन्छ।

बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालन

तनहुँ – भानु नगरपालिका–१२ घलेछापका ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लाग्नुभएको छ । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । शुरुमा करिब १५ लाख रुपैयाँबाट व्यवसाय थाल्नुभएका अधिकारीले अहिले करिब ७० लाख रुपैयाँ लगानी भइसकेको बताउनुभयो । हाल उहाँका खोरमा एक सय १७ वटा बाख्रा छन् । मिर्लुङ्ग बहुउद्देश्यीय कृषिफार्म ...

स्वरोजगार बन्दै युवा

वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने युवा स्वदेशमै उद्यम गरी अरूका लागि प्रेरणाको स्रोत बन्दैछन् । गाउँमै बेमौसमी तरकारी खेती, गाई, बाख्रा, कुखुरा र बंगुर पालन गरी यहाँका युवाले त्यसैलाई व्यवसाय बनाउन थालेका हुन् ।...

सानो सहयोग, ठूलो उपलब्धि

दीर्घकालसम्म व्यवसाय गर्ने प्रतिबद्धता जनाउने लक्षित समूहका सदस्यलाई अनुदानमा एकपटकका लागि अनुदानमा बाख्रा र कुखुरा दिइएको बताए।वडा कार्यालयका अनुसार स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सयभन्दा बढीलाई स्वरोजगार बनाइएको छ।...