तनहुँ - तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेकाे कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजाे बिहीवार दिउँसो आगलागी भएकाे हाे । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मकाे ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएकाे छ ।
वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पा...