छोरो विदेशबाट फर्किएपछि घरमै व्यवसायमा लगाउँछौँ(भिडियाे कथा)

ललितादेवी राय यादव र अम्ना खातुनका छोरा विदेशमा छन् । छोरो विदेश गएपछि उनीहरू गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसे । कक्षामा बस्न थालेपछि परदेशको दुःख र स्वदेशमा गर्न सकिने आम्दानीको बाटोहरू उनीहरूले बुझे । त्यसपछि आफ्नो परदेशी छोराका लागि भनेर उनीहरूले घरमै कुखुरा, बाख्रा, भैँसी, हाँस पालेका छन् । अब छोराहरू विदेशबाट फर्किएपछि यही काममा लगाउने उनीहरूको योजना छ ।

सम्बन्धित सामग्री

पोल्ट्री व्यवसायमा संकट

नेपाल आत्मनिर्भर भएको भनिएको कुखुरापालन व्यवसाय अहिले विभिन्न कारणले संकटमा फस्न थालेको छ । व्यवसाय धान्न नसकेपछि व्यवसायीहरू पलायन हुन थालेको भनाइ छ । आत्मनिर्भर भनिएको कुखुरापालन व्यवसाय किन अहिले संकटमा पर्‍यो त ? कुनै पनि उद्योग आत्मनिर्भर हुनु भनेको उत्पादनको हिसाब गरेर मात्रै हुँदैन । विश्व खाद्य संगठनले तोकेको परिमाणको हिसाबले आत्मनिर्भर भनिए पनि औद्योगिक चक्रको आधारमा कत्तिको आत्मनिर्भर भएको हो भन्ने हेरिनुपर्छ । नेपालमा कुखुराको अण्डा र कुखुराको मासु पर्याप्त उत्पादन हुँदा मुलुकको माग बराबर उत्पादन भएपछि यसलाई आत्मनिर्भर भनिएको हो । तर, उत्पादनका कच्चा वस्तु र अन्य सहायक वस्तुहरूको आयात गरेर आत्मनिर्भरको तहमा पुग्दैमा मुलुक आत्मनिर्भर भइहाल्ने होइन । तथ्यांकीय हिसाबमा भने यसलाई आत्मनिर्भर मानिन्छ । नेपालमा ८ हजार कुखुरा फर्म रहेकामा अहिले त्यो घटेर ४ हजारमुनि पुगेको व्यवसायीको भनाइ छ । यति ठूलो परिमाणमा फर्महरू बन्द भएका हुन् भने त्यो अर्थतन्त्रका लागि खतराको घण्टी हो । नेपाल कुखुराको दानाका लागि पनि आत्मनिर्भर मानिन्छ । तर, दानाका लागि मकैलगायत वस्तु विदेशबाट आयात हुन्छ । त्यस्तै किसानले कुखुराका चल्ला लगेर पाल्ने हुन् । ती चल्ला जन्माउन चाहिने प्यारेन्ट कुखुरा भने आयात गर्नुपर्ने अवस्था छ । प्यारेन्ट कुखुरा उत्पादन गर्ने प्रशस्त ह्याचरी नभई कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको भनी स्वीकार्न सकिन्न । यसरी बीउ नै नभएको अवस्थालाई आत्मनिर्भरताको अवस्था मान्न सकिँदैन । नेपालमा प्यारेन्ट कुखुरा आयात गर्नुपर्ने बाध्यता हटेको छैन । यद्यपि व्यवसायीहरूले प्यारेन्ट ह्याचरी बनाउने कुरा उठेको दशक पुगिसकेको छ । प्यारेन्ट कुखुरा उत्पादन गर्ने ह्याचरी खुलेको पनि पाइन्छ । तर, त्यसको संख्या ज्यादै न्यून छ ।  अहिलेको समस्याको जड के हो भन्ने स्पष्ट छैन । कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण अर्थतन्त्र मन्दीमा गएको छ तर दैनन्दिन जीवनलाई ध्वस्त पार्ने खालको समस्या भने देखिएको छैन । नेपालमा अर्थतन्त्रमात्र होइन, निर्माण क्षेत्रमा अन्य क्षेत्रमा पनि कोरोना र रूस–युक्रेन युद्धलाई दोष देखाएर सरकारी अधिकारीहरू सरक्क पन्छने गरेका छन् । व्यवसायीहरूमा पनि यस्तै प्रवृत्ति नदेखिएको होइन । यद्यपि परिमाण भने निकै कम छ ।  अहिले चर्को ब्याजदर र बजारमा मागको कमी आएको कुरालाई लिएर उद्योगव्यवसायका धेरैजसो क्षेत्रले समस्या परेको बताइरहेका छन् । यो भनाइमा कति सत्यता छ सरकारले अनुसन्धान गर्न जरुरी देखिइसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रकै बारेमा कहिले सकारात्मक त कहिले नकारात्मक टिप्पणी गरेको पाइन्छ । जे भए पनि अहिले कुखुरापालन व्यवसायमा समस्या आएको छ भनेर भन्नचाहिँ सकिन्छ । अब यसलाई कम गर्न उत्पादनको लागत कम हुनुपर्छ । सरकारले उत्पादित सामानको बजार हिस्सा नखोसिने तर प्रतिस्पर्धा हुने वातावरण बनाइदिनुपर्छ । अहिले कुखुरापालनमा देखिएको समस्याको निदान पनि यसै गरेर मात्रै सम्भव हुन्छ ।

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

२ साउन, भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए […]

विदेशबाट फर्किएर पशुपालन

दमौली, १९ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किए । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उनको सोच थियो । सोचअनुरुप उनले स्वदेश फर्किएपछि केही गरौंँ भनेर साथीहरुसँग सल्लाह गरे । शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ […]

किसानहरु भन्छन्, ‘ड्रागनफ्रुट व्यवसायमा सम्भावनासँगै चुनौती पनि बढे ’

पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती […]

वैदेशिक राेजगारीबाट फर्केर कृषि व्यवसायमा जुट्दै भोजपुरका युवा

भाेजपुर – भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । वैदेशिक राेजगारीबाट फर्केर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विभिन्न देशमा गरी १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो ।  उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ...

विदेशबाट फर्केर कृषिमा रमाए, वर्षमै ८ लाख कमाए

सल्यान: विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्‍न थालेका छन्। तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेका सल्यानका युवा उदाहरणीय बनेका छन्।५ वर्ष मलेशियामा बिताएका शारदा नगरपालिका-१४ स्याल पानीका प्रेमबहादुर खड्का १२ रोपनी जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्। विदेशको दुःख सहेर फर्केपछि उनलाई गाउँमै मिहिनेत खर्चिने चाहना पलाएको उनी सुनाउँछन्।‘५ वर्षको विदेश बसाइपछि मलाई लाग्यो यो दुःख चाहिँ म नेपालमै गएर गरेँ भने पनि महिनाको ३०-४० हजार कमाउन सक्छु भन्ने सो

विदेशबाट फर्केर व्यवसायमा

कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बाणीका कर्णबहादुर धामी १२ वर्षकै उमेरमा भारत पसे । घरघरेडीका लागि मात्रै जमिन भएका उनले भारतमै ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाए । झन्डै ३० वर्ष भारतमा बिताएका उनी अहिले घरमै कुखुरा पालन व्यवसायमा संलग्न छन् । दिल्लीमा दिनभरि ज्यालादारी गरेर कमाइने मासिक ८/१० हजार अहिले उनी घरमै कमाइरहेका छन् ।

विदेशबाट फर्किएर कृषिकर्म, सिजनमै सात लाख आम्दानी

सल्यान : स्वदेशमा रोजगारी नपाएपछि धेरै युवाहरू विदेश पलायन भइरहेका छन्। तर, कोही यस्ता युवा छन् जहाँ  विदेश गएर पनि  सोचेजस्तो काम नपाएपछि स्वदेशमा नै फर्किएर स्वरोजगारमूलक कार्यमा सहभागी हुन थालेका छन्। विदेश जाने युवाको संख्या बढे पनि पछिल्लो  समय वैदेशिक रोजगारीबाट नै  फर्किएका धेरै युवा कृषि व्यवसायमा संलग्न हुन थालेका छन्।जिल्लाको कपुरकोट गाउँपालिका-३ दमारखोलाका थमन गिरीले पनि  १० वर्ष मलेसिया बिताए। लामो समय विदेशमा कष्टकर जीवन बिताए पनि उनले भने जस्तो का

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।