नेपाल भारत–ऊर्जा बैठक शुरू

काठमाडौं (अस) । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को दुईदिने बैठक बुधवारदेखि काठमाडौंमा शुरू भएको छ । बुधवार नेपाल र भारतका ऊर्जा सहसचिवस्तरीय वार्ता भएको छ । बिहीवार हुने सचिवस्तरीय वार्ताले सह–सविचस्तरीय वार्तामा टुंगो लागेको विषयलाई अन्तिम रूप दिनेछ । बिहीवारको बैठक नेपालका ऊर्जासचिव देवेन्द्र कार्की र भारतीय ऊर्जासचिव आलोक कुमारको उपस्थितिमा हुनेछ । बुधवारको बैठकमा नेपालबाट भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा छलफल भएको छ । यस्तै नेपाल र भारतबीच विद्युत् आयात–निर्यात, अन्तरदेशीय प्रसारणलाइनको विषयमा अन्तरक्रिया भएको छ । नेपालमा बर्खाको समयमा ५०० मेगावाट बराबरको विद्युत् खेर जान थालेको छ । तर, भारतले भने त्यो बराबरको विद्युत् किन्ने अझै ग्यारेन्टी गरेको छैन । नेपालमा विद्युत् उत्पादन समेत बढ्दै गएको छ । हिउँदमा भने भारतबाट आयात गर्नुपर्ने बाध्यता यथावत् छ । सोही अवस्थालाई दृष्टिगत गर्दै बैठकको एजेन्डा तय गरिएको छ । पछिल्लो पटक २०७६ असोजमा भारतको बैंगलुरुमा यस सम्बन्धी बैठक भएको थियो । प्रत्येक ६/६ महीना उक्त बैठक बस्नुपर्नेमा कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता हुन सकेको थिएन । कोरोना महामारी भए पनि नेपालले भारतलाई उक्त बैठक आयोजना गर्न पटक पटक आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोनाको कारण देखाउँदै बैठक आह्वान गरेको थिएन । अहिले कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि भारतले यो बैठक आह्वान गरेको हो ।

सम्बन्धित सामग्री

नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै

काठमाडौं । नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्ने विषयमा छलफल हुने भएको छ । पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत […]

नेपाल–बंगलादेश ऊर्जा बैठक आजदेखि

काठमाडौं, जेठ १ । नेपाल–बंगलादेश ऊर्जा बैठक सुरु हुँदैछ । बंगलादेशमा आज सुरु हुने बैठकमा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने बुझिएको छ । बैठकको पहिलो दिन आज संयुक्त कार्य समुहको बैठक बस्नेछ भने भोलि दुई देशिय ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ । बैठकमा नेपालबाट ऊर्जा मन्त्रालयका […]

आजदेखि नेपाल र बंगलादेशका प्रतिनिधिबीच ऊर्जा बैठक

नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । सोमबार नेपाल आइपुगेका बंगलादेशी प्रतिनिधिहरू र नेपाली प्रतिनिधिबीच आजदेखि वार्ता सुरू हुन लागेको हो । बंगलादेशबाट नेपालीसँग ऊर्जा वार्ताका लागि सोमबार नै प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिने वार्ताका लागि नेपाल आइपुगेका टोली हिजो सुनकोसी–३ जलविद्युत आयोजना निरीक्षणका लागि रामेछाप पुगेका थिए ।आज सह–सचिवस्तरीय बैठक सम्पन्न भएपछि भोली विहीबार ऊर्जा सचिवस्तरीय बैठक सुरू हुने छ । यस बैठकले नेपाल र बंगलादेशबीच

बिमस्टेक ऊर्जा बैठक : नेपालको सबै बिजुली किन्ने भारतीय ऊर्जामन्त्रीको दाबी

बैशाख ८, काठमाडौं । भारतका ऊर्जामन्त्री आरके सिंहले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादन हुने सबै बिजुली किन्ने घोषणा गरेका छन् ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा आबद्ध मुलुकहरूको संयुक्त ऊर्जा बैठकलाई सम्बोधन गर्ने क्रममा सिंहले उक्त घोषणा गरेका हुन् ।  अहिलेसम्म नेपालबाट ३६४ मेगावाट बिजुली किन्न भारत सहमत भएको छ ।  उनले भुटानका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि भारतले किन्ने घोषणा गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए ।  ‘भारतीय ऊर्जामन्त्रीको घोषणाले हामीलाई थप प्रोत्साहन मिलेको छ । साँच्चै नै त्यो भयो भने नेपालको जलविद्युत् विकासमा ठूलो सहयोग पुग्छ,’ भेटुवालले भने ।  बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड आबद्ध छन् ।  बैठकले बिमस्टेकमा आबद्ध मुलुकबीचको विद्युत् व्यापार सहजीकरण गर्ने, एकअर्काको प्रसारण प्रणाली (ग्रीड) लाई जोड्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायत निर्णय गरेको छ । बैठकपछि १२ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ ।  बैठकमा बिमस्टेक मुलुकबीच विद्युत् व्यापार गर्न आवश्यक नीति र ट्यारिफ (महसुल दर) प्रणाली बनाउने सहमति भएको छ । साथै, बिमस्टेक मुलुकहरूबीच कसरी विद्युत् व्यापार गर्ने भन्ने विषयमा योजना बनाउन विशेषज्ञसहितको कमिटी बनाउने निर्णय बैठकले गरेको छ ।  बिमस्टेक मुलुकका ग्रीडहरूलाई एकआपसमा जोड्न ‘बिमस्टेक ग्रीड इन्टरकनेक्शन कोअर्डिनेशन कमिटी’ स्थापना गर्ने सहमति छ । एशियाली विकास बैंकको सहयोगमा उक्त कमिटीले ग्रीड इन्टरकनेक्शन गर्ने मामलामा गुरुयोजना बनाउनेछ ।  सदस्य मुलुकहरू बिमस्टेक ऊर्जा केन्द्र स्थापना गर्न सहमत भएका छन् । उक्त केन्द्रले ऊर्जासम्बन्धी अनुसन्धान, सदस्य मुलुकबीचको अनुभव आदानप्रदान तथा सहकार्य गर्नेछ । त्यसका लागि कार्ययोजना बनाउने, संरचना तयार गर्ने र सञ्चालनका लागि आवश्यक पर्ने कोष तयार गर्ने निर्णय पनि बैठकले गरेको छ । उपयुक्त कार्ययोजना, मार्गचित्र, संरचना र कार्यप्रणाली बनाएर केन्द्रलाई समयमै सञ्चालनमा ल्याइने बताइएको छ ।  २०११ मै बिमस्टेक ऊर्जा केन्द्र स्थापना गर्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन भएन । अब भने यसलाई कार्यान्वयनमा ल्याउने बिमस्टेक मुलुकहरूको प्रतिबद्धता छ ।  प्रवक्ता भेटुवालले बैठकमा भएका सहमति कार्यान्वयन भए बिमस्टेक मुलुकको ऊर्जा क्षेत्रलाई ठूलो फाइदा हुने बताए । ‘सबैले यो कार्यान्वयनमा ल्याउँछांै भनेर प्रतिबद्धता पनि व्यक्त गरेका छन्, कार्यान्वयन हुने आश गरौं,’ आर्थिक अभियानसँग उनले भने । बैठकलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिमस्टेक मुलुकमा भएका प्राकृतिक स्रोतलाई ऊर्जाको रूपमा प्रयोग गर्नुपर्ने बताइन् । ‘दिगो र उपयुक्त विकासका लागि ऊर्जा, वातावरण र अर्थतन्त्र महत्त्वपूर्ण क्षेत्र हो । तर, हामीले निरन्तर वातावरणलाई असर पुग्ने इन्धनको प्रयोग गरिरहेका छौं । हाम्रो वातावरणमा तनाव सृजना गर्ने यो प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ,’ उनले भनिन्, ‘साथै, ऊर्जा विकासका लागि बिमस्टेक मुलुकहरूमा आर्थिक सहकार्यलाई थप विस्तार गर्न आवश्यक छ ।’  ऊर्जासचिव देवेन्द्र कार्कीले बिमस्टेक ऊर्जा केन्द्रको स्थापना प्रक्रिया अगाडि बढ्नु सकारात्मक पक्ष भएको बताए । यसले बिमस्टेकका मुलुकहरूको ऊर्जाक्षेत्र विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।  ‘यसले ऊर्जा दक्षता र गैरपरम्परागत ऊर्जा स्रोतसम्बन्धी जानकारी र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न ठूलो सहयोग पुग्ने अपेक्षा छ,’ उनले भने, ‘यो ऊर्जा केन्द्र छिट्टै सञ्चालनमा आउने अपेक्षा पनि छ ।’ उनले नेपालले ऊर्जाक्षेत्रमा प्रगति गर्दै गएको पनि बताए । ‘हामीले आफ्ना जनतालाई स्वच्छ र भरपर्दो ऊर्जा प्रदान गर्ने सन्दर्भमा निकै प्रगति गरेका छौं । फलस्वरूप हाम्रो ९३ प्रतिशत जनसंख्याको पहुँचमा बिजुली छ,’ उनले भने ।  अबको बिमस्टेक ऊर्जा बैठक भारतले आयोजना गर्ने निर्णय भएको छ । भारतकै प्रस्तावमा आगामी मार्चमा बिमस्टेक ऊर्जा बैठक गरिने भएको छ । यो बैठकलाई आगामी दिनमा नियमित गर्ने सहमति पनि भएको छ । बिमस्टेक ऊर्जा बैठक लामो समयसम्म भएको थिएन । अब भने यसलाई सक्रिय बनाउने प्रतिबद्धता सदस्य मुलुकले व्यक्त गरेका छन् । नेपालको आयोजनामा मंगलवार र बुधवार भर्चुअल माध्यमबाट बिमस्टेक ऊर्जा बैठक सम्पन्न भएको हो । मंगलवार सचिवस्तरीय र बुधवार मन्त्रीस्तरीय बैठक भएको थियो ।

नेपाल–भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको  विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए ।नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति प्रदान गर्ने

नेपाल–भारत नवौँ ऊर्जा बैठक : नेपालको बिजुली किन्न भारत सहमत

रमेश लम्साल/ नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी स्थापना हुनेछ । सोही कम्पनीले पहिलो […]

नेपाल-भारत ऊर्जा बैठक आजबाट सुरु हुँदै

११ फागुन, काठमाडौं । नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । सहसचिवस्तरीय बैठक दिउँसो तीन बजे ह्यात होटलमा बस्ने छ । सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी […]

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक

काठमाडौं, फागुन ९। २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने भएको छ । भारतको प्रस्तावमा काठमाडौंमा उक्त बैठक हुन लागेको हो । पछिल्लोपटक २०७६ असोजमा भारतको बैङलोरमा यस सम्बन्धमा बैठक भएको थियो । प्रत्येक ६र६ महीना बैठक बस्नुपर्ने प्रावधान छ […]

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक

काठमाडौं । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने भएको छ । भारतको प्रस्तावमा काठमाडौंमा उक्त बैठक हुन लागेको हो । पछिल्लोपटक २०७६ असोजमा भारतको बैङलोरमा यस सम्बन्धमा बैठक भएको थियो । प्रत्येक ६/६ महीना बैठक बस्नुपर्ने प्रावधान छ । तर, कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता बैठक हुन सकेको थिएन । कोरोना महामारी भए पनि नेपालले भारतलाई पटकपटक उक्त बैठक आयोजना गर्न आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोना कारण देखाउँदै बैठक गर्न अनिच्छा देखाउँदै आएको थियो । अहिले कोरोना जोखिम कम हुँदै गएपछि भारतले बैठक आह्वान गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले फागुन ११ र १२ गते ऊर्जासचिव स्तरीय बैठक हुन लागेको बताए । बैठकको मिति नजिकिँदै गए पनि बैठकको प्रस्तावको विषयमा भने अझै टुंगो लागेको छैन । मन्त्रालयका एक अधिकारीले बैठकमा पेश हुने प्रस्ताव अझै तयार नभएको बताए । ‘दुई देशकै सहमतिमा बैठकमा पेश गर्ने एजेन्डा तय हुने हो । हाम्रो तर्फबाट केही प्रस्ताव पठाएका छौं । सम्भवतः सोमवारको बैठकमा प्रस्तावबारे निर्णय हुन्छ,’ उनले भने, ‘हतारमा बैठक आयोजना हुँदा एजेन्डा फाइनल हुन सकेको छैन । सोमवार नेपालको कानून मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित भारतका सम्बद्ध मन्त्रालयसँग छलफल हुन्छ ।’ बैठकमा नेपालले विद्युत् व्यापार, विद्युत् आदान–प्रदान तथा अन्तरदेशीय प्रसारणलाइनको विषयमा छलफल गर्न खाजेको छ । सोही विषयमा केन्द्रित रहेर नेपालले आफ्नो प्रस्ताव भारत पठाएको स्रोतको भनाइ छ । नेपालमा वर्षाको समयमा ५०० मेगावाट बराबरको विद्युत् खेर जान थालेको छ । तर, भारतले भने त्यो विद्युत् किन्ने सुनिश्चित गरेको छैन । त्यसैले नेपालले विद्युत् व्यापारसँगै विद्युत् आदान–प्रदानको विषयलाई मुख्य प्राथमिकताका साथ छलफल गर्न खोजेको छ । साथै, अन्तरदेशीय प्रसारण लाइनको विषयमा पनि छलफल गर्न खोजिएको स्रोतको भनाइ छ । भारतले भने उक्त बैठकमा जलविद्युत् आयोजनामा संयुक्त लगानी र विकासबारे छलफल गर्न चाहेको छ । बैठकको पहिलो दिन नेपाल भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यसमूहको बैठक हुनेछ । त्यसमा दुवै देशका ऊर्जा सहसचिव उपस्थित हुनेछन् । त्यसमा नेपालबाट ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत सहभागी हुनेछन् । दोस्रो दिन भने दुवै देशका ऊर्जा सचिवहरूको बैठक हुनेछ । नेपालका ऊर्जा सचिव देवेन्द्र कार्की र भारतीय ऊर्जा सचिव आलोककुमार उक्त बैठकमा उपस्थित हुनेछन् । बैठकले सहसचिव स्तरीय बैठकबाट टुंगो लागेको विषयलाई अन्तिम रूप दिने बताइएको छ ।