काठमाडौं। संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसलासँगै निर्वाचनसम्बन्धी सबै काम रोकिएको देखापढीलाई बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद् विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए। लगत्तै आयोगले कार्य तालिका सार्वजनिक,आर्थिक कार्यविधि स्वीकृतलगायतको प्रक्रिया अगाडि बढाएको थियो।