काठमाण्डाै – दशैँ, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर काठमाण्डौ महानगरपालिकाले धरहराको 'अन्डरग्राउन्ड' (भूमिगत) पार्किङ खुला गरेको छ । न्युरोड, असन, सुन्धारा, भोटेबहाल लगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङ नभएर दुःख पाएको गुनासो गरेपछि महानगरले धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो ।
महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार धरहराको भूमिगत क्षेत्रको ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । अहिलेलाई अस्थायी रूपमा पार्किङ खुलाएको र निर्माण स...