पर्व लक्षित महानगरको १९ दिन अनुगमन : ४ लाख ६० हजार रुपैयाँ जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने बजार अनुगमनका वेला ६१ व्यापारिक पसलमा अनुगमन गरेकाे छ। महानगरपालिकाले यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई ४ लाख ६० हजार रुपैयाँ जरिवाना तिराएकाे जनाएको छ। महानगरपालिकाका अनुसार जरिवाना गराएकामध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ महानगरपालिकाको खातामा जम्मा भएको छ। महानगरले आफ्नै निरीक्षण अधिकृत तोक्नुअघि गरिएको जरिवाना वाणिज्यको खातामा र त्यसपछिको