मूल्य सीमा तोक्ने देशलाई रुसले आफ्नो तेल नबेच्ने

रुसले पश्चिमा देशहरूले तोकेको अधिकतम मूल्य सीमा पालना गर्ने देश र कम्पनीलाई तेल बिक्रीमा प्रतिबन्ध लगाउने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेल बिक्रीमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन्।जी–७ का सदस्यराष्ट्र, यूरोपेली संघ तथा अष्ट्रेलियाले यही डिसेम्बर ५ देखि लागू हुने गरी रुसले निर्यात गर्ने तेलको अधिकतम मूल्य ६० डलर प्रतिब्यारेल तोकेका थिए। रुसले अब आफ्नो तेल मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ। यो प्रतिबन्ध फेब्रुअरी १ देखि जुलाई १ सम्म पाँच महिना लागू हुनेछ

सम्बन्धित सामग्री

रुसले मार्चबाट पेट्रोल निर्यातमा रोक लगाउने

रुसले पेट्रोल ग्यासोलिनको निर्यातमा रोक लगाएको छ । यो प्रतिबन्ध मार्च १ देखि लागू हुनेछ । स्थानीय स्तरमा उपभोक्ता र किसानहरूबाट ग्यासोलिनको माग बढिरहँदा यो घोषणा आएको हो । तेल प्रशोधन कम्पनीहरूले प्रशोधन केन्द्र मर्मत सम्भारको योजना बनाइरहेका छन् । यस्तोमा स्थानीय स्तरमा पेट्रोलको अभाव भएर मूल्य बढ्ने स्थिति टार्न यो कदम चालिएको हो । […]

युद्धपूर्वकै अवस्थामा कहिले फर्किएला ग्यासको मूल्य ?

तेल र ग्यासको मूल्य युद्धपूर्वकै अवस्थामा आउन रुसले निर्यात गर्ने परिमाण नयाँ ऊर्जा स्रोतबाट आउनुपर्छ । त्यसका लागि कम्तीमा दुई वर्ष लाग्न सक्छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको नौ महिना...

प्रतिबन्धका बीच रुसले १०० दिनमा कमायो ९७ बिलियन

रुसले युक्रेनमाथि हमला सुरू गरेपछि पेट्रोलियम पदार्थ बेचेर ९७ बिलियन अमेरिकी डलर आर्जन गरेको छ । बीबीसीका अनुसार आक्रमण सुरू गरेको १०० दिनभित्र रुसले उक्त मूल्य बराबरको पेट्रोल र प्राकृतिक ग्यास निर्यात गरेको हो ।मार्चको तुलनामा पेट्रोलियम पदार्थको निर्यातबाट हुने आम्दानी घटेपनि यस अवधिमा उलेख्यमात्रामा निर्यात गरेको पाइएको छ । यद्यपी, पछिल्लो समय धेरै मुलुकले रुसबाट आयात हुने तेलमाथि प्रतिबन्ध लगाएका छन् भने युरोपियन युनियनले समेत तेल आयात कटौती गर्ने निर्णय गरिसकेको छ ।स्वतन्त्र संस्था ‘

अमेरिकी रणनीतिक भण्डारबाट १८ करोड ब्यारेल तेल निकाल्न बाइडेनको निर्देशन

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभर उर्जाको मूल्य बढिरहेको अवस्थामा अमेरिकी रणनीतिक भण्डारणबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै हाल विश्वभर उर्जाको मूल्य बढिरहेको समयमा मूल्य समायोजनका लागि यस्तो निर्देशन दिएको ह्वाइट हाउसले जनाएको छ । यससँगै अमेरिकी रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेलको हिसाबमा आगामी छ महिनामा सबैभन्दा […]

भारतले सस्तोमा रुसी तेल लिने, चीनले पनि छुटमा तेल किन्ने

रुसले युक्रेनमा अतिक्रमण गरेपछि मार्चदेखि भारतमा हुने रुसी तेलको आपूर्तिमा वृद्धि भएको छ । नयाँ दिल्लीले मस्कोबाट अझै सस्तो तेल लिने भएको औद्योगिक अवलोकनकर्ताहरुले बताएका छन् । चीन पहिलेदेखि नै रुसी तेलको सबैभन्दा ठूलो एकल खरिदकर्ता हो । उसले पनि रुसबाट व्यापक छुट मूल्यमा धेरै तेल किन्ने अपेक्षा गरिएको उनीहरुले बताएका छन् । यसको अर्थ अन्य मुलुकमा कच्चा तेलको मूल्य उच्च हुन सक्छ । प्रमुख तेल आयातकर्ता मुलुकहरु भारत र चीन कच्चा तेलको उच्च मूल्यबाट प्रभावित भइरहेका छन् । मूल्य गत वर्षदेखि नै व

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २२५ रुपैयाँ पुर्‍याउने रुसको चेतावनी

रुसले पेट्रोलियम पदार्थको मूल्यमा उच्‍च वृद्धि हुने चेतावनी दिएको छ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा उच्च वृद्धि हुने चेतावनी दिएको हो । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुसले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्‍चा तेलको मूल्य तीन सय डलरसम्म पुग्‍न सक्ने चेतावनी दिएको छ । एक […]

युक्रेनमाथि रुसी हमलापछि यसकारण बढ्न थाल्यो गहुँ, तेल र मकैंको मूल्य

एजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विश्व अर्थतन्त्रमा कम्पन आएको छ । विश्वभर महङ्गी बढ्न थालेको छ । पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुस र युक्रेन दुवै पेट्रोलियम पद्धार्थको उत्पादक राष्ट्र हुन् । विश्वको सबैभन्दा ठूलो देश रुस र यूरोपको दोस्रो ठूलो देश युक्रेन गहुँ, सूर्यमुखी फूल, मकैं बढी निर्यात […]

रुसले युक्रेनमा हमला गरेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकाशियो

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा हमला गरेपछि त्यसको असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ । कच्चा तेल र ग्यास निर्यात गर्ने प्रमुख मुलुकले छिमेकी मुलुकमा सेना पठाएपछि आपूर्ति अवरुद्ध हुने चिन्ताका कारण इन्धनमा बजारमा असर परेको हो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको भाउ आकाशिएको छ । आज ब्रेन्ट नामक कच्चा तेलको मूल्य आठ […]

युक्रेन–रुसको तनाव : आपूर्ति चिन्ताबीच तेलको मूल्य बढ्यो

युक्रेन–रुस संकटले विश्वभरी नै आपूर्तिमा अवरोध आउने आशंका बीच तेलको मूल्य वृद्धि भएको छ ।रुसले पूर्वी युक्रेनको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ । अर्थात् प्रति ब्यारेल ९७.७६ डलर पुुगेको छ । रुसले विद्रोहको नियन्त्रणमा रहेका युक्रेनका पूर्वी  भागलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि रुसले उक्त क्षेत्रमा सेना पठाउने आदेश दिएको छ ।एसियाली धितोपत्र बजार प

युक्रेन संकट : बढ्यो तेलको मूल्य

युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनको दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ ।बेलायतलगायत पश्चिमेली गठबन्धनहरुले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । साउदी अरेबियापछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । रुस विश्वकै शीर्ष तेल उत्पादक हो । म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले &l