वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्। गठबन्धनबाट महानगरको मेयरका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले ७९ मत ल्याएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार कांग्रेसका इम्तियाज आलमले ३९ मत प्राप्त गरेका छन्। एमाले–लोसपा गठबन्धनबाट एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीले ५३ र उपमेयरमा लोसपाका पुरुषोतम झाले १२ मत […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरमा पनि अतिक्रमित संरचना हटाइँदै

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ।महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ। नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो ।गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शंकराचार्य द्वारसम्म

वीरगञ्ज महानगरमा २ महिनामै फेरिए ३ प्रशासकीय प्रमुख

वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लक्ष्मीप्रसाद पौडेलले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् । धरान उपमहानगरबाट वीरगञ्ज महानगरमा सरुवा भएका पौडेल गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि वीरगञ्ज महानगरको तेस्रो प्रशासकीय प्रमुख हुन् ।जेठ १२ गते निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गराएका निश्चलराज पाण्डे जेठ १४ गते सरुवा भएका थिए । पाण्डेको सरुवा पश्चात जेठ अन्तिम साता उपराष्ट्रपति कार्यालयवाट महानगर आएका सहसचिव बलराम ढकाल पनि महिना दिन नपुग्दै सरुवा भएर सामान्य प्रशासन मन्त्र

वीरगञ्ज महानगरमा ह्वातै बढ्यो बदर मतको संख्या

वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा अत्याधिक मत बदर भएको छ। महानगरमा मेयर तथा उपमेयरमा अत्याधिक मत बदर भएको हो। पछिल्लो अपडेटअनुसार महानगरको मेयरमा २५ दशमलव ४३ प्रतिशत मत बदर भएको छ। १९ हजार ९ मत गणना गर्दा मेयरमा १४ हजार १७४ मत सदर भएको छ भने ४ हजार ८३५ मत बदर भएको […]

वीरगञ्ज महानगरमा जसपाका सिंहको ५३०९ मतको अग्रता

वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ५३०९ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार सिंहले ८१ सय ३१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले ३६ सय २२ मत ल्याएर दोस्रो स्थानमा छन् भने राप्रपाका गिरीश गिरीले २७३ मत ल्याएका छन् […]

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फका नगरप्रमुखका उम्मेदार राजेशमान सिंहले ४ हजार ६५७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिजय सरावगीले २ हजार ५९ मत ल्याएका छन् । त्यस्तै महानगर प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले १५० मत ल्याएका छन् । महानगर प्रमुखमा एमालेका सरावगीलाई उछिन्दै जसपाका सिंह २ हजार ५९८ मतले अगाडि रहेका छन् । साथै महानगरमा उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार इम्तियाज आलमले ३ हजार १० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरु

वीरगञ्ज महानगरमा सर्वदलीय बैठक सुरु

वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ  । शुक्रबार सम्पन्न भएको मतदानको मतगणना गर्न शनिबार सर्वदलीय बैठक सुरु भएको हाे ।दिउँसो १ बजेदेखि मतगणना गर्ने जनाइएको छ । महानगरमा १ लाख २४ हजार ६४७, मतदातामध्ये ९४ हजार ३२४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वीरगञ्ज महानगरमा सर्वदलीय बैठक बस्दै

३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय बैठक केहीबेरमा बस्ने भएको छ । सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरु आउने क्रम जारी रहेको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए । ‘सर्वदलीय बैठक बोलाएका छौं, दलका प्रतिनीधिहरु आउँदै हुनुहुन्छ,’ उनले भने, ‘बैठकपछि मतगणना सुरु गर्छौ ।’ वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सयि ८२ […]

वीरगञ्ज महानगरमा पहिलो दिन मेयरमा दिए चार जनाले उम्मेदवारी

वीरगञ्ज – वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशैभर एकसाथ सुरु भएको उम्मेदवारी दर्ताअन्तर्गत वीरगञ्ज महानगरमा पनि उम्मेदवारी दर्ता सुरु भएको हो। आइतबार र सोमबार दुई दिनसम्म उम्मेदवारी दिन पाइने व्यवस्थाअनुसार आइतबार पहिलो दिन वीरगञ्ज महानगरको मेयर, वडाध्यक्ष, सदस्यलगायत पदमा उम्मेदवारी दर्ता भएको छ। जिल्ला […]

वीरगञ्ज महानगरमा अख्तियारको छापा

२८ साउन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको एक टोली वीरगञ्ज महानगरपालिमा पुगेको छ । अनुसन्धानका लागि माग गरेको कागजात महानगरले नबुझाएपछि टोली नै पठाएको अख्तियाको हेटौंडास्थित कार्यालयले जनाएको छ । वीरगञ्जमा निषेधाज्ञा जारी रहेकै बखत अख्तियारले ५० हजार भन्दा बढी मुल्यांकन गरिएका घर जग्गाको विवरण माग गरेको थियो । वीरगञ्जमा कोरोना संक्रमण […]