वीरगञ्ज महानगरमा जसपाका सिंहको ५३०९ मतको अग्रता

वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ५३०९ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार सिंहले ८१ सय ३१ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले ३६ सय २२ मत ल्याएर दोस्रो स्थानमा छन् भने राप्रपाका गिरीश गिरीले २७३ मत ल्याएका छन् […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह अगाडि

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फका नगरप्रमुखका उम्मेदार राजेशमान सिंहले ४ हजार ६५७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिजय सरावगीले २ हजार ५९ मत ल्याएका छन् । त्यस्तै महानगर प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले १५० मत ल्याएका छन् । महानगर प्रमुखमा एमालेका सरावगीलाई उछिन्दै जसपाका सिंह २ हजार ५९८ मतले अगाडि रहेका छन् । साथै महानगरमा उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार इम्तियाज आलमले ३ हजार १० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरु

वीरगञ्ज महानगरमा सतारुढ गठबन्धन अगाडि

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सत्तारुढ गठबन्धनले सुरुवाती अग्रता लिएको छ । एक ५० मतको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा सतागठबन्धनका मेयर र उपमेयर अगाडि छन् ।  सतागठबन्धनबाट जसपाका मेयर राजेशमान...

दुई महानगरपालिका र चार उपमहानगरपालिकामा जसपाको दाबी

जनता समाजवादी पार्टी नेपालले दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्ने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि गृहकार्य भइरहेको अवस्थामा जसपा नेपालले यस्तो दाबी गरेको हो ।जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार ६ वटा महानगरपालिकामध्ये दुईवटा नगरपालिकाको प्रमुख पद जसपा नेपालले चाहेको हो । जसपाले यसअघि जितेको वीरगञ्ज महानगरपालिकामा फेरि पनि प्रमुख पदको दाबी कायमै राखेर अर्को एक महानगरमा दाबी गर्ने उनको भनाइ छ । यद्यपि वीर