जिल्लास्थित पत्रकार सुदीप कैनीमाथि मस्र्याङ्दी नदीमा अवैध बालुवा उत्खनन भएको समाचार संकलनका क्रममातनहुँ आबुखैरेनी गाउँपालिका–३ मा आक्रमण भएको छ। सोमबार दिउँसो त्यहाँ पुगेका उनलाई अपरिचित युवाको समूहले क्यामेरा फुटाउने, मोबाइल खोस्ने गर्दै कुटपिट गरेका हुन्।